आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज : बर्षाका कारण नेपालले नामिबिया संग अंक बाँड्यो — OSNepal

आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज : बर्षाका कारण नेपालले नामिबिया संग अंक बाँड्यो

LC (KTM) December 03, 2022 0

आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत नेपाल र नामिबियाबीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट बर्षाका कारण नतिजा विहीन अवस्थामा सकिएको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा वर्षा भएपछि नेपाल र घरेलु टोलीबीचको खेल नतिजा विहीन सकिए पछि दुबै टिमले एक एक अंक बाँडेका छन् ।

नेपालले दिएको १ सय ९८ रनको लक्ष्यसहित नामिबियाले जवाफी ब्याटिङ गरिरहेका खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि नामिबियाले ४ बलमा ४ रन जोडेको थियो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ रनको स्कोर खडा गरेको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो ।यस्तै आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रन जोडे । अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए ।कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए ।

नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए । कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए । सिरिजमा नेपाल २१ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया २८ खेलमा ३३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर