बलिउडका यि चर्चित फिल्ममा काम गरेका चर्चित सम्पादक सञ्जयले गरे ‘प्रेम गीत–३’कोे हिन्दी भर्सनको सम्पादन — OSNepal

बलिउडका यि चर्चित फिल्ममा काम गरेका चर्चित सम्पादक सञ्जयले गरे ‘प्रेम गीत–३’कोे हिन्दी भर्सनको सम्पादन

LC (KTM) July 01, 2021 0

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’कोे हिन्दी डविङपछिको सम्पादन सकिएको छ ।निर्देशक तथा निर्माता सन्तोष सेनले सम्पादन सकिएको बताएका छन् । भारतका चर्चित सम्पादक सञ्जय संकलाले फिल्मको सम्पादन गरेका हुन् ।

संकला जसले कुछ् कुछ् होता है, कल हो ना हो, राउडी राठोर, प्रेम रतन धन पायो, धमाललगायत सैयौं चलचित्रमा सम्पालन गरिसकेका छन् । सानो इन्डस्ट्रीबाट आएको आफ्नो चलचित्रलाई पनि ठूलो चलचित्रमा जस्तै महत्व दिएर काम गरेको सन्तोषले बताएका छन् ।

सन्तोष चलचित्र ‘प्रेम गीत–३’ हिन्दीको हिन्दी भर्सन तयार गरेर भारतमा रिलिज गर्ने तयारी गरिरहेका हुन् । यसका लागि उनी लामो समयदेखि भारतमा बसेर काम गरिरहेका छन् । ५०० देखि हजारवटा स्क्रिनमा रिलिज गर्ने सन्तोसको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर