नेपालमा कोरोना निको हुने दर ९३ प्रतिशत पुग्यो — OSNepal

नेपालमा कोरोना निको हुने दर ९३ प्रतिशत पुग्यो

LC (KTM) July 01, 2021 0

काठमाडौँ, १७ असार- पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३३ सङ्क्रमितको मृ त्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नौहजार हजार १४५ जना सङ्क्रमितको मृ त्यु भएको छ । त्यस्तै सोही अबधिमा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर