इंग्ल्याण्डका ह्यारी केनले सेनेगल विरुद्ध गरेको गोलले यसकारण पायो चर्चा — OSNepal

इंग्ल्याण्डका ह्यारी केनले सेनेगल विरुद्ध गरेको गोलले यसकारण पायो चर्चा

LC (KTM) December 05, 2022 0

काठमाडौं । इंग्ल्याण्डद्धारा सेनेगल ३ – ० गोल अन्तरले पराजित भएको छ ।

जारी विश्वकपमा दोहाले अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा लड्खडाए पनि सेनेगलमाथि प्रभावशाली ३ – ० को जितसँगै इंग्ल्याण्डले फिफा विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँगको भेट निश्चित गरेको छ ।

खेलको ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गरेको पहिलो गोलमा उनैले शशक्त क्रस उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनु केहि सेकेण्डअघि उनी र फिल फोडेनको सन्तुलनसँगै उपलब्ध बलमा कप्तान ह्यारी केनले गोल गरेका हुन् । केनको यो विश्वकपमा पहिलो गोल हो ।

गएरातीको आर्कषक गोलसँगै उनी इंग्ल्याण्डका सर्वकालीन सर्वाधिक गोलकर्ता वायने रुनीको कीर्तिमानबाट १ गोलले पछि छन् ।

गएराती सेनेगलविरुद्धको गोलसँगै केनको इंग्ल्याण्डका लागि ५२औं गोल हो । कतार विश्वकप केनका लागि नयाँ कीर्तिमान बनाउने उपयुक्त मन्च हुनसक्छ । त्यस्तै इंग्ल्याण्डका लागि तेस्रो गोल ५७औं मिनेटमा बुकायो साकाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर