भाई ईशान संग शाहिद कपुरको लोभलाग्दो बोन्डिङ, यसरी शेयर गरे ईशानले शाहिद संगको फोटो — OSNepal

भाई ईशान संग शाहिद कपुरको लोभलाग्दो बोन्डिङ, यसरी शेयर गरे ईशानले शाहिद संगको फोटो

LC (KTM) July 01, 2021 0

शादिह कपुर तथा ईशान खट्टर बलिउडको जानेमानेका कलाकारहरु मध्ये पर्दछन् । यी दुबै जना सामाजिक सञ्जालमा सधै सक्रिय रहने गरेका छन् । उनीहरु एक अर्काको तस्बिर शेयर गरिरहन्छन् । उनीहरु दुबै जना आफ्नो एकदमै राम्रो र प्यारो सम्बन्धलाई शेयर गर्न पछि पर्दैनन् ।

ईशानले हालै आफ्नो इन्ष्टाग्राममा एक तस्बिर शेयर गरेका छन् जहाँ उनी शहीद कपुर संग देखिएका छन् । उनले फोटो शेयर गर्दै क्याप्शनमा लेखेका छन्– धुप मे स्कारी ब्रदर्श । फोटोमा ईशान हरियो रंगको शर्ट लगाएका छन् । फोटो खिच्ने बेलामा दुबै जनाले मास्क हटाएको देख्न सकिन्छ । शाहिद कपुर पनि सेतो टीशर्टमा एकदमै हेण्डसम देखिएका छन् ।

दुबैजनाको यो संस्कारी फोटो फ्यानहरुले एकदमै मन पराएका छन् । यस संगै शाहिदले आफ्नो इन्ष्टाग्राम एकाउण्टमा आफ्नै फोटो शेयर गरेका छन् जहाँ उनको पोज एकदमै कमालको देखिएको छ । उनले फोटो शेयर गर्दै क्याप्सनमा लेखेका छन्– ताजा हावाको यति आनन्द कहिल्यै लिएको थिईन् । जीवन जसलाई हामी सधै सबैभन्दा बढि माया गर्छाै जसलाई हामीले गुमाउँछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर