OSNepal बुधबार, मंसिर २२ २०७८

प्रदेश १ मा आज सम्म ६३ हजार भन्दा बढी कोरोना संक्रमणमुक्त

प्रदेश १ मा आज सम्म ६३ हजार भन्दा बढी कोरोना संक्रमणमुक्त

  • OSNepal
  • बिहिबार, असार १७ २०७८


प्रदेश १ मा आज सम्म ६३ हजार भन्दा बढी कोरोना संक्रमणमुक्त
Reading Time: 2 minutes

प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।

प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, ते¥हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १–१ र स्थानीय तह तखुलेका ३ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २–२ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण भएको छ ।

मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २–२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलको १–१ जनामा संक्रमण देखिएको छ ।

ते¥हथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलको १, संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार १४७ पुगेको छ । सक्रिय संक्रमित ७ हजार १६१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड