फिल्म अन्तिममा आफ्नै बहिनी ज्वाई संग भिड्दै सलमान खान, ज्वाई आयुष ग्यांगस्टारको भुमीकामा — OSNepal

फिल्म अन्तिममा आफ्नै बहिनी ज्वाई संग भिड्दै सलमान खान, ज्वाई आयुष ग्यांगस्टारको भुमीकामा

LC (KTM) July 01, 2021 0

बलिउडमा मात्र यस्तो छ कि आफ्ना आफन्त तथा छोरा छोरीले नै स्थान बनाईरहेका छन् । फरक क्षेत्रबाट आएकाहरुलाई बलिउडमा संघर्ष गर्न निकै कठिन काम हो । यसैबीचमा अब बलिउडका सुपरस्टार सलमान खानको परिवार त त्यसै नै फिल्म क्षेत्रमा छदैछ अब बहिनी ज्वाई समेत सलमान संगै देखिने भएका छन् ।

सलमानको फिल्म अन्तिम द फाईनल टुथ मा उनका बहिनी ज्वाई आयुष शर्मा त्यो पनि प्रमुख भुमीकामै देखिने भएका हुन् । आयुषले यस फिल्ममा एउटा ग्यांगस्टारको भुमीका निर्बाह गरेका छन् । आफ्नै जेठान सलमान संग ज्वाई देखीने भएकोले पनि सलमान यो फिल्म संग भावानात्मक रुपमा समेत जोडिएका छन् ।

फिल्ममा सलमान,आयुष संगै प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको मुख्य भूमिका रहने बताइएको छ । सलमान खानको आफ्नै फिल्म प्रोडक्सनले नै निर्माण गर्न लागेको यस फिल्मको सुटिङ फेरी सुरु हुन लागेको हो । यसअघि यो फिल्म कोरोनाका कारण रोकीएको थियो ।

फिल्मको सुटिङ मुम्बईको कमालिस्तान स्टुडियोमा हुने जनाइएको छ । सलमानको राधेले ठिकै ब्यापार गरे पनि दर्शकको मन भने खासै जित्न सकेन । अब यो फिल्मले दर्शकको मन जित्ने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर