पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै साबिक उपबिजेता क्रोएसिया बिश्वकपको अन्तिम आठमा — OSNepal

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै साबिक उपबिजेता क्रोएसिया बिश्वकपको अन्तिम आठमा

LC (KTM) December 05, 2022 0

कडा संघर्षका बीच साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानुब स्टेडियममा केहीबेर अघि सम्पन्न खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । क्रोएसियाका लागि गोल किप्पर नायक बने । उनले ३ जापानी खेलाडीको पेनाल्टी रोकेका थिए ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न चुकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर