सरकारको नजरमा पर्दै चलचित्र क्षेत्र , ओस्कारमा छनौट हुने र जित्ने चलचित्रलाई दिने भयो यति धेरै रकम — OSNepal

सरकारको नजरमा पर्दै चलचित्र क्षेत्र , ओस्कारमा छनौट हुने र जित्ने चलचित्रलाई दिने भयो यति धेरै रकम

LC (KTM) July 01, 2021 0

सरकारको खासै नजरमा नपरेको क्षेत्र मध्ये चलचित्र क्षेत्र पनि एक हो । बलिउडमा चलचित्र एउटा आर्थिक क्षेत्रको महत्वपुर्ण पाटो बनिरहदा त्यसो त कलिउड पनि खासै ठुलो आर्थिक स्रोत भने बन्न सकेको छैन ।

जे होस् नेपाली सिनेजगत अर्थात कलिउड सरकारको नजरमा पर्न सकेको छैन भन्दा अतियृुक्ति नहोला । तर अहिले आएर सरकारले खेल पछि मनोरञ्जनको क्षेत्रलाई पनि थोरै प्राथमिकतामा भने राख्न थालेको छ । यसैको पछिल्लो उदाहरण बनेको छ ट्राभल ग्रान्ट’ को अवधारणा ।

सरकारको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले मनोरञ्जन क्षेत्रकै सबैभन्दा ठुलो अवार्ड ओस्कार अर्वाड जित्ने नेपाली फिल्मलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बोर्डले आफ्नो २१ औ बार्षिकोत्सवको अवसरमा यो कुराको घोषणा गरेको हो । त्यतिमात्र हैन अवार्डमा छनौट भए २ लाख दिने निर्णय गरेको छ ।

गोल्डेन ग्लोब अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन फिल्म जस्ता अवार्डमा छनौट भएर स्क्रिनिङ भए १ लाख दिने भएको छ । यदि विजेता नै बने १ लाख ५० हजार देखी २ लाख सम्म पाउनेछन् ।

त्यति मात्र हैन अब बोर्डले कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स र रोटेरडम जस्ता फेस्टिभलमा छनौट हुने फिचर फिल्मका लागि २ लाख ५० हजार र सट मुभीलाई १ लाख रुपैयाँ दिने निर्णय भएको बोर्डले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर