सिन्धुपाल्चोकमा बाढीको सूचना दिने साइरन जडान — OSNepal

सिन्धुपाल्चोकमा बाढीको सूचना दिने साइरन जडान

LC (KTM) July 01, 2021 0

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।

ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौती- कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेका बेला ग्रामीण क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्यालय तहको सिकाइ निरन्तरतामा चुनौती देखिएको छ ।प्राविधिको पहुँच भएका विद्यालयले अनलाइन विधिबाट पठनपाठन गराएका भए पनि ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीहरु प्रविधिको पहुँचमा पुग्न सकेका छैनन् । सर्लाहीको बरथवा नगरपालिकाले शिक्षा सुधार योजना बनाएर नगरभित्रका विद्यालयमा लागु गरेको छ ।

बरथवा नगरपालिका–५ को चक्र जनता शहिद गंगा माविमा भने प्रविधिको पहुँच पुगेको छ । नगरपालिकाले वैकल्पिक प्रविधिको प्रयोग गर्दै सिकाईलाई निरन्तरता प्रदान गर्न आग्रह गरेको छ भने विद्यार्थी पनि अनलाइन विधिबाट गरिएको पठनपाठनमा सहभागी भएका छन् । विद्यार्थीले आफूले नजानेका कुरा सम्बन्धित विषयगत शिक्षकलाई भर्चुअल तथा फोन र एसएमएस विधिबाट सिकिरहेको बताएका छन् ।

टोलटोलमा रहेका विद्यार्थीको समूह बनाएर शिक्षकसँग सम्पर्क स्थापित गरिएको छ । सिकाइलाई निरन्तरता दिन स्थानीय सरकार, सिकाइ निरन्तरता अभियान, नेपाल शिक्षक महासंघ, विद्यालय व्यावस्थापन समिति महासंघ र युनिसेफको विशेष पहल पनि भइरहेको छ ।टोल टोलमा बनाइएका अभिभावक समूहले आफ्ना नानीबाबुहरु पढे–नपढेको सम्बन्धित विषयगत शिक्षकलाई जानकारी गराउने गरेका छन् । नगरपालिकाले थालेको सिकाइ निरन्तरता अभियान थप प्रभावकारी भएको बरथवा नगरपालिकाका नगरप्रमुख देवानन्द महतोले बताउनुभयो । उहाँका अनुसार सबै विद्यार्थीसँग स्मार्ट मोबाइल नहुँदा केही समस्या भएपनि शिक्षकहरु टोलटोलमा गए अनुगमन गर्दै आउका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर