‘हेराफेरी ३’बाट बाहिरिएका भनिएका अक्षयकुमार फर्किंने पक्का — OSNepal

‘हेराफेरी ३’बाट बाहिरिएका भनिएका अक्षयकुमार फर्किंने पक्का

LC (KTM) December 06, 2022 0

काठमाडौं । अक्षयकुमार बाहिरिएपछि कार्तिक आर्यन आउने भनिएको बलिउड फिल्म ‘हेराफेरी’मा फेरी अक्षय नै फर्किएका छन् ।

बलिउडमा खिलाडी उपनामले समेत चिनिने अक्षय स्वयंले ‘हेराफेरी ३’ नगर्ने बताएको केही समयमा नै फेरी उनी ‘हेराफेरी’मा फर्किन लागेका हुन् ।

राजु, श्याम र बाबुरावका तीन पात्रहरु चर्चित मात्र नभएर अक्षयकुमार, सुनिल सेट्टी र परेश रावलका पर्यायबाची समेत बनेका छन् । पछिल्ला दुई महिनामा हेराफेरी तीन यसको कास्टिङको कारणले चर्चामा छ ।

पछिल्लो १० दिनमा फिरोजले अक्षयलाई सबै मतभेद मिलाउन र उनलाई मनपर्ने फ्रेन्चाइजमा फर्काउन अक्षयलाई दुईपटक भेटेपछि अक्षय फर्किने पक्कापक्की बनेको छ । अक्षय पनि यस विषयमा सकारात्मक भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर