चर्चित बलिउड अभिनेता विवेक ओबराय सपरिवार सहित नेपाल घुम्न आउदै - भने हामी नेपाली र नेपाली हामी जस्तै छौ — OSNepal

चर्चित बलिउड अभिनेता विवेक ओबराय सपरिवार सहित नेपाल घुम्न आउदै – भने हामी नेपाली र नेपाली हामी जस्तै छौ

LC (KTM) December 06, 2022 0

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय सपरिवार नेपाल भ्रमणमा आउनु भएका छन् । एक भिडियो सन्देश जारी गर्दै नी आगामी मंसिर २८ गते काठमाडौं आइपुग्ने बताएका हुन् ।

श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्ने उनको योजना छ । एक साताको बसाइमा उनले लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् ।

भिडियोमा ओबरायले भनेका छन्, ‘हामी नेपाली र नेपाली हामी जस्तै छौं । २० वर्षको अभिनय करिअरमा नेपाली फ्यानले दिएको मायालाई सम्झिंदै नेपाल घुम्न आउन लागेको छु ।’नेपालसँग भारतको सम्बन्ध हजारौं वर्षदेखि धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा बलियो छ । त्यस्तै उनले आफु नेपाल घुमिसकेपछि अरुलाई पनि नेपाल घुम्न प्रेरित गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर