बिबादीत शो ईण्डियन आईडलले दियो प्रतियोगीहरु लाई सप्राईज, आठै जना लाई घर फिर्ता पठायो , अब के हुन्छ ? — OSNepal

बिबादीत शो ईण्डियन आईडलले दियो प्रतियोगीहरु लाई सप्राईज, आठै जना लाई घर फिर्ता पठायो , अब के हुन्छ ?

LC (KTM) July 01, 2021 0

बिबादको घेरमा रहदै आएको गायन रियालिटी शो ईण्डियन आईडलले आम दर्शकलाई मज्जाको सप्राइज दिएको छ । धेरै चोटी दर्शकले यस रियालिटी शो का बिषयमा चर्काे टिप्पणी गर्न थालेपछि यसको निर्माण पक्षले निक्कै ठुलो आईडिया खियाएको छ ।

जनसम्पर्क राम्रो बनाउने र पैसा पनि कमाउने उदेश्यले यस शो का दर्शकलाई अचम्मित पार्ने गरि यसको निर्माण पक्षले यस्तो निर्णय गरेको हो । दमनमा छायांकन गरेर अहिले यस शो को पुरै टिम मुम्बई आईसकेको छ ।

यस शो को निर्माण पक्षले दर्शक मात्र हैन शो का ८ जना प्रतियोगिहरुलाई नै उनीहरुको आफ्नै घर फिर्ता पठाए को छ । यो निर्णय संगै सबै छक्क परेका छन् । तर यो निर्माण पक्षको रणनीति रहेको छ । शो को टिआरपी बढाउन उनीहरुले यस्तो कदम चालेका हुन् ।

घर फिर्ता पठाइएका ८ जना प्रतियोगिहरुले आ–आफ्नो घर गएर आफ्नो होम टाउनमा मानिसहरुलाई मनोरञ्जन गराउने छन् । उनीहरुले सोही अवसरमा आफुलाई भोट गरेर जिताउन आग्रह गर्नेछन् । सुर ताल आफ्नो ठाउँमा छ अब भोट पनि यस शो का लागि अत्यन्तै महत्वपुर्ण हुने भएको छ ।

नेपालमा पनि नेपाल आईडलमा यस्तै गरी आफ्नो गृहजिल्लामा दर्शकलाई मनोरञ्जन दिदै भोटका लागि अपिल गर्ने गरीन्छ । अब इण्डियन आईडलले पनि यसै गर्न लागेको छ । यस बाट बिबादीत बनेको शो का लागि राहत मिल्नेछ भने भोटिङ बाट पैसा पनि ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर