सुपर मादी हाइड्रोपावरको आइपिओ खुल्यो — OSNepal

सुपर मादी हाइड्रोपावरको आइपिओ खुल्यो

LC (KTM) December 06, 2022 0

काठमाडौं, २० मंसिर:सुपर मादी हाइड्रोपावरले मंगलबारदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । योजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपिओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजीको १५ प्रतिशत हुन आउने अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता निष्काशन गर्न लागे हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका-१ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता सेयर तथा कास्की जिल्लाको मादी गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडा तथा पोखरा महानगरपालिका २६, २७ र २८ वडाका बासिन्दाको लागि सात लाख ३५ हजार कित्ता सेयर छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने १० प्रतिशत हुन आउने अर्थात २ लाख १० हजार कित्ता श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि सरकारको सम्बन्धित निकायबाट निष्कासन गर्न लागेको हो।

त्यस्तै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ५ पुससम्म मात्र आवेदन दिन सक्छन् । उक्त आइपिओ नपरेको खण्डमा २० पुससम्म आवेदन दिन पाउने व्यवस्था छ। सो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

यस्तै, आइपिओ निष्काशन गराएको रेटिङअनुसार इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । सो रेटिङले तत्काल वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर