तेलुगु फिल्मबाट करियर सुरुवात गरेकी सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रियाको ९ बर्षीय फिल्म करियरमा ६ वटा फिल्म फ्लप — OSNepal

तेलुगु फिल्मबाट करियर सुरुवात गरेकी सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रियाको ९ बर्षीय फिल्म करियरमा ६ वटा फिल्म फ्लप

LC (KTM) July 01, 2021 0

बलिउड अभिनेत्री रिया चक्रवर्ती अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि एकदमै चर्चामा आएकी हुन् । उनी सुशान्तको गर्लफ्रेण्ड थिईन् । रियाको जन्म बंगाली परिवारमा बैंगलुरु कर्नाटकमा भएको हो ।

उनको पिता आर्मी अफीसर थिए जसका कारण उनको पढाई आर्मी पब्लिक स्कुलमा भएको थियो । एम टि भी इण्डियामा एकदमै सफल भिजे बनेकी उनले त्यसपछि फिल्म दुनियाँमा प्रबेश गरेकी हुन् ।

उनले २०१२ मा तेलुगु फिल्म तुनेगा तुनेगा बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी थिईन् । त्यसपछि २०१३ मा बलिउड फिल्म मेरे ड्याडकी मारुती खेलेकी थिईन् । २०१४ मा सोनाली केबल, २०१८ मा जलेबी लगायतका फिल्ममा उनले आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छिन् ।

रियाले जम्मा ९ बर्षे करियरमा ९ वटा फिल्म खेलीन् तर बक्स अफिसमा ६ वटा फिल्म भने नराम्रो संग चिप्लिएका छन् । उनका सबै फिल्महरुले बक्स अफिसमा खासै प्रभाव जमाउन सकेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर