प्रमोद खरेलको गीतमा रोहित र मुनाको अभिनय — OSNepal

प्रमोद खरेलको गीतमा रोहित र मुनाको अभिनय

LC (KTM) December 06, 2022 0

काठमाडौं २० मंसीर । रोहित जोशी मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएका छन् । नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनी एक व्यावसायिक मोडलको रुपमा स्थापित भएका छन् ।

केही समय पहिलेमात्र उनि अभिनित ‘मेरो साथी’, ‘मेरो आँशुमा’ र ‘आज तिम्रो सम्झनाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो भने यतिबेला ‘मैले गर्ने विश्वास’ बोलको म्युजिक भिडियो दर्शक, श्रोता माझ आएको छ ।

जुनु काम्बाङ्गको शब्द, प्रमोद खरेलको स्वर, तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा साहश शाक्यको एरेञ्ज रहेको छ । रोहित जोशी, मुना भर्तेल, दिपक, श्रीजना, गुनगुन, कैलाशको जीवन्त अभिनय रहेको भिडियो शंकर राज पहाडीले निर्देशन गरेका हुन् ।

विनोद सापकोटाको छायांकन, रोशन धितालको सम्पादन रहेको भिडियो धिताल फिल्म प्रालिले सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर