रासायनिक मलको विषयमा विवाद हुँदा झडप, दुई पक्ष लाठीभाटा लिएर बसेका कारण स्थिति तनावपूर्ण — OSNepal

रासायनिक मलको विषयमा विवाद हुँदा झडप, दुई पक्ष लाठीभाटा लिएर बसेका कारण स्थिति तनावपूर्ण

LC (KTM) December 06, 2022 0

वीरगञ्ज । रासायनिक मलको विषयमा विवाद हुँदा बाराको सिम्रौनगढमा दुई पक्षबिच झडप भएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग गरेको भएता पनि नदिएको भन्दै एक पक्षले ताला लगाएपछि ताला फोर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय सिम्रौनगढका अनुसार वडा कार्यालयमा गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन । दुवै पक्ष लाठीभाटा लिएर बसेका कारणस्थिति अझै तनावपूर्ण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर