मनाङेले भने - अब नेकपा एस छोड्नु परे राजनीति नै छोड्छु — OSNepal

मनाङेले भने – अब नेकपा एस छोड्नु परे राजनीति नै छोड्छु

LC (KTM) December 06, 2022 0

काठमाडौं। गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी (नेकपा एस)पार्टी छोड्नुपरे राजनीति नै छोड्ने घोषणा गरेका छन्।

नेकपा एसमा प्रवेश गरेका मनाङेलाई पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा मनाङेले मन्त्री बन्नका लागि आफू नेकपा एसमा नआएको बताउदै मन्त्री नपाए पार्टी छोड्ने हैन, बरु नेकपा एस पार्टी छोड्नुपरे राजनीति छोडठने बताए उनले मुख्यमन्त्री दिए पनि नखाने बताए।

पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेकपा एसका महासचिव बेदुराम भुसालले मनाङेलाई खादा ओढाएर औपचारिक स्वागत गरेका थिए।सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले बताए । गुरुङ हाल गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री पनि हुन् ।

स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा रहेर काम गर्ने गरी प्रवेश गरेको गुरुङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘एक्लै रहनुभन्दा पार्टीमा आवद्ध भएर काम गर्न अझै सहज हुने भएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ । पार्टीकोमार्गनिर्देशनअनुसार चल्नेछु ।उनी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर