भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने — OSNepal

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

LC (KTM) December 06, 2022 0

काठमाडौं, २० मंसिर:नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा दुई आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउन्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी– नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । लिमा अधिकारी स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन् ।

आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्न लागिएको नाफिजले जनाएको छ । पुरस्कारले स्वस्थ तथा खोजमूलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने उसले अपेक्षा गरेको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ २८ मंसिरमा नाफिजको छैटौं महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले दुईजना पत्रकारलाई प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर