बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार हुदै , सुधार भए पनि अहिले हेमोग्लोबीनको कमि समेत देखियो — OSNepal

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार हुदै , सुधार भए पनि अहिले हेमोग्लोबीनको कमि समेत देखियो

LC (KTM) July 01, 2021 0

बलिउडका दिग्गज कलाकार तथा अभिनेता दिलीप कुमार खराब स्वास्थ्यका कारण मंगलबार अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतलाई उल्लेख गर्दै भारतीय संचारमाध्यम एबीपी न्युजले अहिले उनको स्वास्थ्य अवस्था पहिला भन्दा अलि सुधार भएको जनाएको छ ।

उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई अझै ३ दिन सम्म अस्पतालमै राख्नु पर्ने बताइएको छ । उनी अहिले आईसियूमा रहेको र उनलाई चिकित्सकहरुले उच्च निगरानीमा राखेका छन् । उनलाई मंगलबार श्वास फेर्नै समस्या भएपछि मुम्बईको खार स्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो ।

दिलीप कुमारका पारिवारिक मित्र फैजल फारुखीले उनको ट्विटर मार्फत दिलीप अस्पताल भर्ना भएको जानकारी दिएका थिए । उनले ९८ बर्षको उमेरमा यस्तो हुनु स्वभाविक भएको बताएका थिए ।

साथै उनले शुभचिन्तकहरुलाई स्वास्थ्य अवस्था ठिक होस् भन्ने कामना गर्न अपिल समेत गरेका थिए । अस्पताल स्रोतका अनुसार दीलिप कुमार लाई हेमोग्लोबीनको समेत कमि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर