अमेरिकी दूतावासबाट रविको नागरिकता र पासपोर्टको विवरण माग्यो प्रहरीले — OSNepal

अमेरिकी दूतावासबाट रविको नागरिकता र पासपोर्टको विवरण माग्यो प्रहरीले

LC (KTM) December 06, 2022 0

काठमाडौं, मंसिर २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विबाद उत्कर्षमा रहेका बेला प्रहरीले काठमाडौंस्थित अमेरिकी दूतावासबाट नागरिकता र राहदानीको विवरण माग गरेको छ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसअघि जिल्ला प्रहरी परिसरलाई पत्राचार गरेसँगै लामिछानेले लिएको अमेरिकी नागरिकता र राहदानीबारे जानकारी माग गरिएको एसएसपी भरत बोहोराले जानकारी दिए।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप लागिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको छ।

रविको नागरिकताको विषयलाई लामो समयदेखि सुक्ष्म रुपमा उठाउँदै आइरहेको उकेरा डटकमले त रविले अहिले पनि २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका दाबी गर्दै रिर्पोट प्रकाशित गरेको छ । उकेराका अनुसार रविले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्यसहितको रिर्पोट बाहिर ल्इाउँदा समेत रवि मौन छन् ।

रविले निष्क्रिय भैसकेको नागरिकताका आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएपछिका सबै गतिबिधि त्यही नागरिकताका आधारमा लिएसँगै अहिले विषय पनि सोही निस्क्रिय भएको नागरिकताले उठाएको छ । जुन विदेशी नागरिकता लिने बित्तिकै नेपाली नागरिकता कायम रहन्न। विदेशी नागरिकता लिने भएपछि आफैंले नागरिकता त्याग्नुपर्छ। तर रविले त्यागेनन् ।

लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिए । यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो। अहिले गृहले छानबिन सुरु गरेका विषय पनि सोही नै हो ।

विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ। यो आरोप पुष्टि भए दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। राहदानी ऐन २०७६ को दफा २१ ९क० मा झूटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर