युवाको मनमा बस्न सफल इंग्ल्याण्डका सान्चो म्यानचेस्टर युनाईटेडमा अनुबन्धित — OSNepal

युवाको मनमा बस्न सफल इंग्ल्याण्डका सान्चो म्यानचेस्टर युनाईटेडमा अनुबन्धित

LC (KTM) July 01, 2021 0

फुटबल प्रेमीहरुका लागि एकदमै खुशीको खबर आएको छ । स्पेनिस डिफेण्डर सर्जियो रामोस पीएसजी जाने भए संगै अर्का इंग्ल्यान्डका युवा विंगर जेडन सान्चो पनि अनुबन्धित भएका छन् । उनी प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका हुन् ।

जर्मन क्लब बोरुसिया डर्टमण्डले बिहीबार युवा खेलाडी समेत रहेका विंगर सान्चो युनाईटेडमा अनुबन्धित भएको पुष्टि गरेको हो । उनलाई ७३ मिलीयन पाउण्डमा अनुबन्धित गरिएको डर्टमण्डका सीईओ हान्स जोआचिमले जनाएका छन् ।

सान्चोको लागि म्यानचेस्टर युनाइटेडसँग सम्झौता भएको छ । यस्तै डर्टमण्डले स्टक एक्सचेन्जलाई समेत सान्चोले क्लब छाडेको जानकारी गराएको छ ।२१ वर्षीय विंगरले युनाईटेडसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर