• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

कमला नदीको टापुमा फसेका तीन जनाको सुरक्षाकर्मीले गरे सकुशल उद्धार

कमला नदीको टापुमा फसेका तीन जनाको सुरक्षाकर्मीले गरे सकुशल उद्धार


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १२:४४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 8.7K
    SHARES

    कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् ।

    उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरुलाई मध्याह्न १२ बजे श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, इलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केवर प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

    नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे किनारमा लगाइएको परवल खेत रुग्न गएका थिए । बुधबार राति नदीमा आएको बाढीले खेतको दुवैपट््िटको जमीन कटान गरेर खोला बग्न थालेपछि तीनै जना नदीमा फसेका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend