बिरामी भएका काजी बा... स्वस्थ भएर मेरी बास्सैमा फर्किए (भिडिओ) — OSNepal

बिरामी भएका काजी बा… स्वस्थ भएर मेरी बास्सैमा फर्किए (भिडिओ)

LC (KTM) December 07, 2022 0

काठमाडौं । बिरामी भएका कारण दुई महिनासम्म मेरि बास्सैमा अभिनय गर्न नसकेका कलाकार रामचन्द्र अधिकारी (बाजी बा…) अभिनयमा फर्किएका छन् । उनी ७८४ औं भागबाट फेरी मेरि बास्सैमा फर्किएका हुन् ।

सिरियलका अन्य कलाकारले छायांकनमा पुग्दा फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरेका थिए । उक्त दृश्य इपिसोडमा पनि देखिन्छ ।

सिरियलका निर्देशक दिवाकर भण्डारी (सापटि काका)का अनुसार अब नियमित रुपमा कलाकार रामचन्द्रलाई मेरिबास्सैमा देख्न सकिनेछ । उनले उहाँ पुर्णरुपमा स्वस्थ भएर छायांकनमा आउनुभएको बताएका छन् ।

साथै निर्देशक भण्डारीले रामचन्द्र अधिकारी नभएको एपिसोडको समयमा बडाकाजीको भूमिकामा भित्रिनुभएका कलाकार मुकुन्द श्रेष्ठको पनि नियमित रुपमा अभिनय रहने जानकारी गराए । तर मातृशोकको कारण मुकुन्द श्रेष्ठ पनि केही एपिसोडमा देखिनेछैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर