बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन कुलमानलाइ भेटेर प्रदीप पौडेलले गरे आग्रह, यस्तो जवाफ दिए घिसिङले — OSNepal

बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन कुलमानलाइ भेटेर प्रदीप पौडेलले गरे आग्रह, यस्तो जवाफ दिए घिसिङले

LC (KTM) December 08, 2022 0

काठमाडौं -प्राधिकरण प्रमुख कुलमान घिसिङलाई बुधबार भेटेर काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

चुनावका बेला घरदैलोमा पुग्दा बिजुलीका नाङ्गा तारले समस्या निम्त्याएको जनगुनासो आफुले धेरै सुनेको भन्दै पहल गरिदिन आग्रह गरे ।घिसिङले पनि समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

घरको धुरीबाट बिजुलीको नाङ्गो तार गएकोले बालबालिकाले छुनसक्ने भन्दै पौडेलसँग काठमाडौं ५ का स्थानीयले त्यस्ता नाङ्गो तार व्यवस्थापन गरिदिन माग गरेका थिए।प्राधिकरणका प्रमुख घिसिङले कतिपय ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम भइरहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर