पुनः मतगणना माग गर्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट निवेदन — OSNepal

पुनः मतगणना माग गर्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट निवेदन

LC (KTM) December 08, 2022 0

काठमाडौं, मंसिर २२ । इलाम २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौं मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको उल्लेख गरेका छन् ।

कां ग्रेसले मतगणना स्थगित गर्न निवेदन दिए पनि रातारात नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको छ ।खड्कालेनेपाली कांग्रेसका प्रतिनिधि नराखी गणना गरिएको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर