बेल्जियम कप्तान इडेन हाजार्डले गरे सन्यासको घोषणा — OSNepal

बेल्जियम कप्तान इडेन हाजार्डले गरे सन्यासको घोषणा

LC (KTM) December 08, 2022 0

काठमाडौं, २२ मंसिर:कतार विश्वकपको समुह चरणबाट बाहिरिएपछि बेल्जियम कप्तान इडेन हाजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

समूह एफ मा रहेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो । दोस्रो खेलमा मोरोक्कोलाई नतिजा सुम्पिएको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेसँगै घर फर्कन बाध्य भएको थियो ।

समूह चरणमा तीनवटैै खेल खेले पनि हाजार्डले गोल खाता भने खोल्न सकेनन् । हाजार्डले सन् २००८ मा बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

उनले बेल्जियमबाट एक सय २६ खेलमा ३३ गोल गरेका छन् । बेल्जियमले २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनले प्रभावशाली प्रदर्शन गरेका थिए । सेमिफाइनलमा भने बेल्जियम फ्रान्ससँग निराश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर