बलिउड अभिनेत्री मलाइका अरोरा गर्भवती भएको खबर बाहिरिएपछि यस्तो प्रतिक्रिया दिए अर्जुन कपुरले — OSNepal

बलिउड अभिनेत्री मलाइका अरोरा गर्भवती भएको खबर बाहिरिएपछि यस्तो प्रतिक्रिया दिए अर्जुन कपुरले

LC (KTM) December 08, 2022 0

काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुर प्रेम सम्बन्धमा रहेको लामा समय भयो । यो जोडीले विबाह गर्ने चर्चा पनि बेला बेलामा चल्ने गरेको छ ।

मलाइका र अर्जुन अक्टोबरमा लण्डनमा छुट्टी मनाउन गएका थिए, जहाँ उनीहरूले आफ्ना नजिकका साथीहरूका अगाडि गर्भावस्थाको खुसीको खबर दिएपछि एक खालको तरंग नै पैदा भएको थियो ।

मलाइका र अर्जुन आफ्नो पहिलो सन्तानको प्रतीक्षामा रहेको बताउँदै मलाइर्उका गर्भवती बनेको खबरले अर्जुनले आक्रो ब्यक्त गर्दै झुटो समाचार नलेख्न समेत आग्रह गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट मार्फत यसको खण्डन गर्दै लेखेका छन्,‘यो सबैभन्दा तल्लो तह हो जसमा कोही खस्न सक्छ र तपाई यो सबै लापरवाही गर्दै हुनुहुन्छ । यस्तो फोहोर समाचार चलाउनु अत्यन्तै अनैतिक र असंवेदनशील छ ।

कतिपय पत्रकारले यस प्रकारको समाचारलाई निरन्तर रूपमा लेखिरहेका छन् र हामीले हरेक पटक बेवास्ता गरेकाले टाढिएका छन् । जबकि तिनीहरूले यी समाचारहरू धेरै प्रसारित गर्छन् र यो सत्य हो भन्छन्। यो सहि होइन। हाम्रो व्यक्तिगत जीवनसँग खेल्ने हिम्मत नगर्नुहोस्।’

केही समय अघि मलाइका अरोराले हिराको औंठी लगाएको तस्विर पोष्ट गरेकी छिन् । जसमा उनले क्याप्सनमा लेखेकी छिन्,‘कि मैले हो गरेको छु ।’ अर्जुनले सन् २०१९ मा आफ्नो सम्बन्धको आधिकारिक घोषणा सामाजिक सञ्जाल पोस्टमा मात्र गरेका थिए ।

दुवैले अर्जुन कपूरको जन्मदिनमा एक पोस्टमार्फत सम्बन्धलाई आधिकारिक बनाएका थिए । आँफुभन्दा करिब १० वर्ष जेठी प्रेमीका मलाइकासँग विबाह गर्नेगरी रिलेसनसिपमा रहेका अर्जुन यस्तै खबरले बेला बेलामा आक्रोशित हुने गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर