लगातारको पराजय संगै नेपालको बिश्वकप क्रिकेटको यात्रा लगभग समाप्त — OSNepal

लगातारको पराजय संगै नेपालको बिश्वकप क्रिकेटको यात्रा लगभग समाप्त

LC (KTM) December 08, 2022 0

लगातारको पराजय संगै नेपालको बिश्वकप क्रिकेटको यात्रा लगभग समाप्त भएको छ । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा आज स्कटल्याण्ड संग नेपाल पराजित भएको छ । यस हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता कायम राख्न पनि अबका बाकी रहेका १२ खेलमा कम्तीमा ९ खेलमा जित आवश्यक रहेको छ । नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्ड संग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्यो ।

स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ तथा जर्ज मुन्सिले ४५ रन बनाए । कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिचि बेरिङ्टन १२ रनमा अविजित रहे । नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए । सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २-२ विकेट लिए । क्रिस्टोफर म्याकब्रिड,क्रिस सोल र क्रिस ग्रेभिसले समान १-१ विकेट लिएका थिए । नेपाल २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर