नरायणगढ–मुग्लिन सडकमा खस्यो भीमकाय ढुंगा, ठूलो ढुंगा सडकमा बजारिँदा खाल्डो नै बन्यो — OSNepal

नरायणगढ–मुग्लिन सडकमा खस्यो भीमकाय ढुंगा, ठूलो ढुंगा सडकमा बजारिँदा खाल्डो नै बन्यो

LC (KTM) July 02, 2021 0

चितवन — नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ ठूलो ढुंगा खसेको छ । ठूलो ढुंगा खसेपछि यातायात अबरुद्ध भएको छ । निकै ठूलो ढुंगा सडकमा बजारिँदा खाल्डो नै परेको थियो ।चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाको टोली दुई नम्बर पुल, पाँच किलो, जलबिरे, केराबारी र १७ किलोको पहिरो सफा गरेर फर्कने क्रममा साँझ सवा सात बजे फेरि १४ किलोमा ठूलो ढुंगा खसेको हो ।

ग्राभेल हालेर खाल्डो पुरेर एकतर्फी यातायात चलेको छ ।तर ब्रेकरको सहायेगले मात्र ढुंगा फुटाउन सकिने हुँदा पूरै ढुंगा हटाएर दुईतर्फी यातायात चलाउन समय लाग्ने बताइएको छ । त्यस्तै अबिरल वर्षाका कारण नरायणगढ–मुग्लिन सडक खण्डमै ठाँउठाँउमा पहिरो गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर