पर्सिएको बोकाले पायो पुनर्जीवन — OSNepal

पर्सिएको बोकाले पायो पुनर्जीवन

LC (KTM) December 09, 2022 0

काभ्रेपलाञ्चोक, मंसिर २३ । पर्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन । कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ । त्यो मान्नु भनेको बोकाले ‘काटिन तयार छु भनी मुन्टो हल्लाएको हो’ भनी मानिसले सन्देश लिन्छन् तर त्यो पशुले शरीर हल्लाएको चाहिँ शरीरमा परेको पानी हल्लाएको हो ।

मङ्सिर र वैशाख पूर्णिमामा विभिन्न जाति र थरका कुल पूजामा त्यसरी कैयौँ बोकाले मानेका नाममा तिनीहरूलाई काटिएको छ तर एक वर्षदेखि पटक–पटक पर्सिएर बलि दिन ठिक्क पारिएको एउटा बोकाले भने बिहीबार मङ्सिर पूर्णिमा ९धान्य पूर्णिमा०कै दिन पुनर्जीवन पाएको छ ।

यसअघि दुई पटक पर्सिन ठिक्क बनाइएको र तेस्रो पटक बलि दिन पर्सिइएको बोकाले पुनर्जीवन पाएको हो । त्यति मात्र होइन बोकाले अ बन्धनमा नरही स्वतन्त्र जीवन पाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं २ कुशादेवीका आचार्य परिवारले कुलायन पूजामा बलि दिनलाई पर्सिएर ठिक्क पारेको बोकालाईजीवनदान दिएका हुन् ।

अघिल्लो दिनदेखि नै पूजा गरेर बलि दिन ठिक्क पारेको बोकोलाई बलि नदिने निर्णय भएसँगै पूजा गरेर घाँटीमा घन्ट झुन्डाएर स्वतन्त्र बनाएको स्थानीय रामप्रसाद आचार्यले बताए ।

आफूसँगै १४५ घरधुरीका मूलीले बलि नदिने भनेपछि पुजारीसँग परामर्श गरेर बलि नदिने निर्णय भएको उनले बताए । उनले एक वर्षअघि १६ हजार रुपियाँमा खरिद गरेर ल्याएको बोको सुतक परेपछि बलि दिन रोकिएको थियो । सो बोकाको हालको बजारमूल्य २० हजार रुपैयाँभन्दा बढी छ ।

अघिल्लो मङ्सिरमा रोकिएको कुलायन पूजा जेठमा सरेको थियो । जेठमा बलि दिने तयारी भइरहेको समयमा आचार्य परिवारमै जुठो परेपछि बलि दिन रोकिएको थियो ।आजको गोरखापत्र दैनिकबाट

दोस्रो पटक आफूलाई जोगाएको बोकाले तेस्रो पटकमा आचार्य परिवारले कुलायन पूजामा बोकाको बलि नदिने निर्णयगरेसँगै मुक्ति पाएको हो । आफ्नो कुलायनलाई चढाएको बोकालाई मुक्ति दिने निर्णयसँगै बोकाको घाटीमा घन्टी बाँधेर छाडिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर