एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ - उपाध्यक्ष पौडेल — OSNepal

एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ – उपाध्यक्ष पौडेल

LC (KTM) December 09, 2022 0

रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ”, उहाँले भन्नुभयो ।

सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताउनुभयो । सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहनुभएका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गर्नुभयो ।“जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर