माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा यी ३ नेता बिच भेट वार्ता — OSNepal

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा यी ३ नेता बिच भेट वार्ता

LC (KTM) December 09, 2022 0

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको बताइएको छ ।सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा यी ३ नेता बिच भेट वार्ता भएको हो ।

भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी भएको बताइएको छ । समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर