ओली र नेपालबीच टेलिफोन वार्ता, के के भयो कुराकानी ? — OSNepal

ओली र नेपालबीच टेलिफोन वार्ता, के के भयो कुराकानी ?

LC (KTM) July 02, 2021 0

काठमाडौं- बिहीबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ता पछि आज ओली र नेपाल बिच भेटवार्ता हुनसक्ने दाबी गरिएको छ ।

बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले पुरानै कमिटी ब्यूँताउँदै शुक्रवारका लागि बैठक बोलाए पनि बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेलाले बैठकमा सहभागि नहुने निर्णय गरेका थिए ।

आजै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको बैठक बस्न लागेको हो ।

नेपाल पक्षले गत फागुन २८ गते गरेका निर्णय सच्चाएर जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएपछि सोही माग बमोजिम ओली पक्षको हिजोको बैठकले २०७५ जेठ २ अघिकै केन्द्रीय कमिटी व्युताउँदै भोलि शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर