नागेन्द्र , हिरा काजी र रचनाको सहकार्यमा 'लुखुर लुखुर' आउँदै — OSNepal

नागेन्द्र , हिरा काजी र रचनाको सहकार्यमा ‘लुखुर लुखुर’ आउँदै

LC (KTM) December 09, 2022 0

कठमाडोँ ।  बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र बरिष्ठ गीतकार हिरा काजी थापाको सहकार्यमा अर्को सांगीतिक कोशेली लुखुर लुखुर बजारमा आउने भएको छ ।

लुखुर लुखुर बोलको गीतमा गायिका रचना रिमालको स्वर, बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत र गीतकार थापाको शब्द रहने छ । जसको छायांकन सम्पन्न भइसकेको र सम्पादनको काम तिब्र गतिमा अघि बढेको निर्माण युनिटले जनाएको छ ।

लामो समयदेखि बेलायतमा रहेर म्यूजिक भिडियो निर्माण र निर्देशन गर्दै आएका गीतकार थापा नेपाल आएको मौकामा काठमाडौँका रमणीय स्थानमा २ दिन लगाएर लुखुर लुखुर बोलको गीतको छायांकन सम्पन्न गरेका हुन् ।

बेलायतबाट भर्चुअल माध्यमबाट भिडियो निर्माण गरेर नेपाली सांगीतिक क्षेत्रलाई अतुलनीय योगदान दिएका निर्देशक थापा नेपाल आएसँगै निकै उत्साहित देखिँदै फिल्डमा आफ्नो कला कौशल देखाइरहेका छन् ।

निर्देशक थापाले लुखुर लुखुर चर्चित अभिनेता विल्सन बिक्रम राई, बेदना राई, लोसीना लामिछाने, सागर खनाल, सौगात करनजीत, गंगा कुमारको अभनिय देख्न सकिन्छ । गीतकार तथा निर्देशक थापाकै निर्माण रहेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन् ।

संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन र राजेन्द्र मोक्तानको कलरिगं रहने भिडियो जति सक्दो छिटो बजारमा ल्याउने गरी काम भइरहेको निर्देशक थापा बताउँछन् । सन्तु तामागंको मेकअप रहने भिडियो द रिल्स ईन्टरटेन्मेन्ट मार्फत बजारमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर