राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा चुनावी खर्च विवरण पेस • OSNepal

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा चुनावी खर्च विवरण पेस

LC (KTM) December 09, 2022 0

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाउनुभएको हो ।

मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिनुभयो ।

सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताउँदै आउनुभएको छ । चितवनमा अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेका कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर