चिनियाँ राष्ट्रपति सी र अरब नेताबीच भेटवार्ता — OSNepal

चिनियाँ राष्ट्रपति सी र अरब नेताबीच भेटवार्ता

LC (KTM) December 09, 2022 0

रियाद – चीनका राष्ट्रपति सी चिनफिङले साउदी अरबसँग शृङ्खलाबद्ध सम्झौता गरेपछि शुक्रबार रियादमा हुने शिखर सम्मेलनमा अरब नेताहरूसँग भेटवार्ता गर्नुहुने भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका नेता आफ्नो भ्रमणको तेस्रो र अन्तिम दिन क्षेत्रीय नेताहरूसँग सम्मेलनमा बस्नुहुनेछ । कोरोना भाइरस महामारी सुरु भएयता चीनबाहिरको उहाँको यो तेस्रो यात्रा हो ।

राजा सलमान र उहाँका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँगको वार्तापछि दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्व’ मा जोड दिएका थिए । एक संयुक्त वक्तव्यमा उनीहरूले जलवायु परिवर्तनको सामना गर्न संसाधन–समृद्ध खाडी राजपरिवारहरूद्वारा समर्थित दृष्टिकोण ‘स्रोतहरू भन्दा उत्सर्जनमा ध्यान केन्द्रित गर्ने’ बिषयमा छलफल भएको उल्लेख गरिएको छ ।

आवासदेखि चिनियाँ भाषा अध्यापनसम्मका सबै विषयमा ४६ वटा सम्झौता र समझदारीपत्रको घोषणा गरिएको भन्दै दुवै पक्षले सहकार्यलाई प्रगाढ बनाएर आर्थिक र रणनीतिक लाभ लिन खोजिरहेका छन् ।सीको भ्रमणका क्रममा करिब ३० अर्ब अमेरिकी डलरबराबरको सम्झौता हुने साउदी अरबको सरकारी सञ्चारमाध्यममा बिहीबार प्रकाशित समाचार बाहेकका पनि केही विवरण सार्वजनिक भएका छन् ।

वक्तव्यमा भनिएको छ, “दुवै पक्षले सबै क्षेत्रमा संयुक्त कार्यलाई निरन्तरता दिने, दुई देशबीचको व्यापक रणनीतिक साझेदारीको ढाँचाभित्र रहेर सम्बन्धलाई प्रगाढ बनाउने र नयाँ र आशाजनक क्षितिजमा पुग्ने महत्वमा जोड दिएका छन् ।”लामो समयदेखिको साझेदार तथा सुरक्षा प्रत्याभूतिकर्ता साउदी अरब र संयुक्त राज्य अमेरिकाबीच तेल उत्पादन, मानव अधिकारका मुद्दा र क्षेत्रीय सुरक्षालाई लिएर तनाव भइरहेका बेला सीको भ्रमण हुन लागेको हो ।

मध्यावधि चुनावअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाईमा जेद्दाहको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणमा उहाँले साउदीलाई मूल्य कम गर्न थप तेल निकाल्न सहमत बनाउन असफल हुनुभएको थियो । सरकारी टेलिभिजनले कतारी अमिर र बहराइनका राजासहित ६ देश, स्रोतसाधनले सम्पन्न गल्फ कोअपरेसन काउन्सिलका नेताहरू शुक्रबार रियादस्थित सम्मेलन स्थलमा पुगेको देखाएको छ ।

राजकुमार मोहम्मदले समूहलाई सम्बोधन गर्दै यमनको युद्धजस्ता क्षेत्रीय मुद्दाहरूमा राज्यको अडानलाई संक्षेपमा दोहो¥याउनुभयो । चीन–जीसीसी वार्तापछि चीन–अरब शिखर सम्मेलन हुनेछ वासिङ्टनका रणनीतिक साझेदार खाडी मुलुकहरूले चीनसँगको सम्बन्धलाई पूर्वतर्फको मोडको एक भागको रूपमा सुदृढ गरिरहेका छन् जसमा उनीहरूको जीवाश्म ईन्धनमा निर्भर अर्थव्यवस्थाहरूलाई विविधीकरण गर्नु समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर