OSNepal बुधबार, मंसिर २२ २०७८

सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु

सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु

  • OSNepal
  • शुक्रबार, असार १८ २०७८


सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु
Reading Time: < 1 minute

कर्णाली, १८ असार- पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिकरूपमा शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरेको हो । सेवा शुरु भएसँगै सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने यहाँका नागरिकको बाध्यता तत्कालका निम्ति हटेको छ ।

सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दा खुशी भएका छन् । साउनसम्म यो सेवा पाक्षिक र भदौदेखि साप्ताहिक सेवा शुरु गर्ने लक्ष्य लिइएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

उक्त शिविरमा पहिलोपटक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पदम गिरी र डा रविन केसीले पश्चिम क्षेत्रका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गर्नुभएको छ । “शिविरमा एकै दिन ५५ जना स्थानीयवासीको जाँच ग¥यौँ”, डा गिरीले भन्नुभयो, “अधिकांशमा हड्डी र नशाको समस्या देखियो ।” विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीलाई एक्सरे, ल्याबसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भए पनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले निकै पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताउनुभयो । कर्णालीमै उपलब्ध जनशक्तिबाट यहाँका सबै नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारले लिएको मन्त्री बुढाक्षेत्रीले जनाउनुभयो । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड