“म देवकोटा नदेखेको मान्छे” डिला खरेल, अस्ट्रेलिया — OSNepal

“म देवकोटा नदेखेको मान्छे” डिला खरेल, अस्ट्रेलिया

LC (KTM) December 11, 2022 0

म देवकोटा नदेखेको मान्छे

गोजी भरिको कमाइ दिनदुखीका लागि वांडेर

जीवन समर्पण गरेको मान्छे

ओइलिएर झरेका गुराँसहरु संगालेर

हिडेको मान्छे

अग्ला हिमाल र चुचुरोहरुलाई

फेदिमा वसेर नियालेको मान्छे

म देवकोटा नदेखेको मान्छे !

जीन्दगीका आतिरंजित रंगहरुमा

एक रंग खुशिको कहिँ कतै छ कि भने

फिक्का रंगमा जीवनको अर्थ खोजेको मान्छे

म देवकोटा नदेखेको मान्छे !

नेपालमा राजा र जनता भोगेको मान्छे

भारतका गान्धी, चीनका माओ पढेको मान्छे

पर पश्चिमतिरका स्टालिन र हिटलरबारे सुनेको मान्छे

म देवकोटा नदेखेको मान्छे !

साहित्यका अनेकौं अध्याय सिर्जना गरेको मान्छे

विश्व साहित्यको इतिहास निर्माणको लागि लडेको मान्छे

म देवकोटा नदेखेको मान्छे !

लह-लह झुलेका वालिहरुमा लागेको रोग खोजेर

हिडेको मान्छे

विना कुनै तन्त्र देश विकासको सम्भावना

खोजेको मान्छे

म देवकोटा नदेखेको मान्छे !

हो, देवकोटा उनै हुन् तमाम हामीले नदेखेको मान्छे

नोवेल पुरस्कारले नचिनेको मान्छे

मात्रै लक्ष्मीपुजाका दिन औपचारिकतामा राखिएका मान्छे,

धेरैले पागल भनेको मान्छे !

आदी-इत्यादी प्रति कुनै सन्देह नभएको मान्छे

म देवकोटा नदेखेको मान्छे !

लामो समय देखी अस्ट्रेलिया बसोबास गर्दै आउनु भएका कवि खरेल एन आर एन अभियानका स्थापित नेता हुनुहुन्छ भने यहाँ स्थित कलेज हरुमा कर, लेखा तथा बैकिंग विषय प्राध्यापन गर्नु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर