मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ? — OSNepal

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

LC (KTM) December 11, 2022 0

काठमाडौं, २५ मंसिर-आजको पात्रो : २५ मंसिर २०७९, आइतबार । तद्नुसार डिसेम्बर महिनाको ११ तारिक २०२२ । पौषकृष्णपक्ष तृतीया, विष्टि करण, पुनर्वसु नक्षत्र, ब्रम्हा योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः४५ मा हुनेछ भने सूर्यास्त ५ः१० मा हुनेछ । आज बिहान ११ः३७ देखि १२ः१८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिनको सबैभन्दा शुभ समय हो । आइतबार सूर्योदयको दर्शन गर्नुहोला । आजका देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ । आजको दिन यात्रा गर्नु उत्तम रहेको छ । सवारीसाधान, जमिन खरिद विक्रीको लागि दिन उत्तम रहेको छ । आर्थिक कारोबारका लागि दिन त्यति शुभ छैन । अध्ययन, अध्यापन र कुनै नयाँ खोज, अनुसन्धान कार्यको शुरुवातको लागि आजको दिन र बार शुभ रहेको छ ।

आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसिद्धि हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
तपाईका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राका लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुरु गरेका कार्यसिद्ध हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुन सक्छ । चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशि भएका जातकका लागि दाम्पत्य जीवनमा विवाद हुनसक्छ । आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार व्यवसाय र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिनेछ । सोचअनुसारका काम हुने भएकोले मनमा खुसीयाली छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन बिहान सूर्योदयको दर्शन अवश्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातकलाई यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । विवाद हुने कामबाट टाढा रहनुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन् भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला । कसैलाई पनि मनमुटाव हुने काम नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आफन्तलाई आजको दिन भेट गर्दा सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्य हद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकका लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएका कामको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले हरेक साताको आइतबार सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकका लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ । गृहस्थ कार्यहरु गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर