• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

चीनको हवाई सुरक्षा प्रणाली रुसको एस-४०० भन्दा निकै कमनोर बेइजिङ

चीनको हवाई सुरक्षा प्रणाली रुसको एस-४०० भन्दा निकै कमनोर बेइजिङ


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • ६:३६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 9.1K
    SHARES

    चीनको हवाई सुरक्षा प्रणाली रुसको एस-४०० भन्दा निकै कमनोर बेइजिङ । चीनले सोभियत संघले डिजाइन गरेका विभिन्‍न रक्षा प्रणालीहरू जस्तै एस-४०० वा एस-३०० खरिद गरिरहेको छ । ती मध्येको अपडेट गरिएको संस्करण विकास गरेको छ । चीनले रुसबाट खरिद गरेको भए पनि अथवा आफैं उत्पादन गरेको भए पनि रुसभन्दा पनि हवाई रक्षा प्रणाली निकै कमजोर रहेको सुरक्षा विज्ञहरुले बताएका छन् । चीनका लागि रुसबाट खरिद गरिएको एस ४०० वा एस ३०० पीएमयू को तुलनामा चिनियाँ हवाई रक्षा प्रणाली निकै कम सक्षम भएपछि चिन्ताको विषय बनेको छ । चीनले रुसको हवाई रक्षा प्रणालीसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास हुन सकेको छैन ।

    नेशनल इन्टरेस्टले गरेको रिपोर्टमा चिनियाँ हतियार उद्योगसँग वास्तवमा “अस्थिर” वा रूसी उत्पादनको तुलनामा कमजोर रुपमा देखिएने एक अंश भएको उल्लेख गरिएको छ । एचक्यू-९ चीनको प्राथमिक लामो रेंजको सतह-देखि-हवाइ मिसाइल हो ।  बाहिरी रूपमा, यो एस-३०० जस्तै देखिन्छ, ठूलो फ्ल्याट स्वरुपका रडारहरू र ठूलो मिसाइलको प्रयोग गरेर जुन ठाडो रूपमा प्रहार गर्न सकिन्छ । तर, १९५० को दशकमा चीन-सोभियत विभाजित भएदेखि चीनले सोभियत संघबाट सतहदेखि हावामा मिसाइलको विकासमा त्यति सहायता प्राप्त गर्न सकेन । विभाजनको समयमा, चीनको मात्र वास्तविक लामो दूरीको साम एस-७५ थियो । मध्यम र छोटो दूरीमा सामहरु जस्तै एचक्यू-६१ र एचक्यू ६ मा कार्य अगाडि बढ्यो ।

    यद्यपि, १९९० को दशकमा चीनले आफ्नो सेनाको पूर्ण आधुनिकीकरण गर्न थाल्दा त्यहाँ प्याट्रियट वा एस ४०० जस्ता वास्तविक मोबाइल लंग रेंज एसएएमको अभाव रहेको थियो । रुसले उक्त हतियार सन् १९८० को दशकमा नै सञ‍्चालन गरेको थियो । रुसले बनाएका एस ४०० र एस ३०० हतियारहरु उल्लेखनीय रिभर्स इन्जिनियरिङबाट बनाइएका थिए । चीनले रुसको हतियार प्रणालीसँग कुनै मुकाबिला गर्न नसकेको देखेपछि रुससँग सम्बन्धलाई बलियो बनाउँदै लगेको सुरक्षा विश्लेषकहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend