सप्तकोसीमा बज्यो खतराको घण्टी, १४ ढोका खोलियो — OSNepal

सप्तकोसीमा बज्यो खतराको घण्टी, १४ ढोका खोलियो

LC (KTM) July 02, 2021 0

काठमाडौं-सप्तकोसी नदीमा पानीको बहाव बढेपछि १४ ढोका खोलिएको छ ।आज बिहानसम्म आइपुग्दा पानीको बहाव एक लाख १४ हजार क्यूसेकमा झरेको छ । यसकारण कोसी ब्यारेजका १४ वटा मात्रै ढोका खुला गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्ने गरेका कारण सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलङ्का टापुका बासिन्दा त्रसित हुने गरेका छन् ।

उच्च हिमाली र पहाडी क्षेत्रमा ठूलो वर्षा भएर सहायक नदीमा मिसिएपछि सप्तकोसीमा पानीको बहाव बढ्ने गर्छ । तराईमा हुने वर्षाले भने सप्तकोसीको पानीको सतहमा खासै असर नगर्ने बताइएको छ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा बर्सेनि त्रासमा बस्नु पर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर