वृषमा खुसी छाउने, अन्य राशिको कस्तो छ आज ? — OSNepal

वृषमा खुसी छाउने, अन्य राशिको कस्तो छ आज ?

LC (KTM) December 13, 2022 0

काठमाडौं, २७ मंसिर- आजको पात्रो : २७ मंसिर २०७९, मंगलबार । तद्नुसार डिसेम्बर १३ तारिक २०२२ । पौषकृष्णपक्ष पञ्चमी, कौलव करण, अश्लेषा नक्षत्र, बैधृति योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः४६ मा हुनेछ भने सूर्यास्त ५ः११ मा हुनेछ । आजका देवता दिती र ग्रहदेव गुरु हुन् । आज बिहान ११ः३८ देखि १२ः१९ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । मध्यान्ह २ः३५ देखि ३ः५३ सम्मको समय राहुकाल रहेको छ, यो समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन ।

मंगलबार गणेशको मन्दिर वा हुनुमानको मन्दिरमा गएर दर्शन गर्नु उत्तम हुनेछ । मंगलबार कुनै नयाँ कामको शुरुवात गर्न सकिन्छ । आजको दिन निर्माण सम्बन्धी कार्यको शुरुवात गर्दा शुभ हुनेछ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्यय हुने देखिन्छ । आजको दिन बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशा फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र ब्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
तपाईका लागि आजको दिन अनुकल देखिदैन । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत सम्मानका शब्द प्रयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ । आजको दिन गणेश मन्दिरको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्यदर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट सहयोग मिल्नेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
समय अनुकुल देखिएको छ । स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुने योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । गशेश मन्दिर यात्राले उर्जा थपिने छ । आजको दिन आफनो नियमित काम गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सौहार्दता बढ्नेछ । मंगलबार घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा घरका सदस्य दिनुभयो भने सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर