• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

शुरु भयो तीजको माहोल, बजारमा आयो रमाइलो गीत ‘हान्छु तिम्लाई लौरीले’, हेर्नुहोस् भिडियो

शुरु भयो तीजको माहोल, बजारमा आयो रमाइलो गीत ‘हान्छु तिम्लाई लौरीले’, हेर्नुहोस् भिडियो


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • १०:३४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    काठमाडौँ, १८ असारः बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको हो । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा सेञ्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रवीना बसेल, विवेक इटनी र आयुष अधिकारीले अभिनय गर्नुभएको छ ।

    सेञ्चुरी र घिमिरेको स्वरमा रहेको गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ लाई दर्शकस्रोताले गत वर्ष रुचाएका थिए । यस वर्षको तीजगीतलाई पनि रुचाउनेमा आफूहरु आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुँवरले बताउनुभयो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend