महेश बाबुसँग जोडी बाँध्दै पूजा हेगडे — OSNepal

महेश बाबुसँग जोडी बाँध्दै पूजा हेगडे

LC (KTM) July 02, 2021 0

एजेन्सी- दक्षिण भारतीय अभिनेता महेश बाबुले निर्देशक त्रिविक्रम निवासको नयाँ फिल्मका लागि महगो पारिश्रमिक लिएका छन् । भारतिय मिडियाका अनुसार उनले फिल्ममा ५५ करोड भारू पारिश्रमिक लिएको बताइएको छ ।

गत मे महिनामा घोषणा गरिएको यो तेस्रो फिल्म चाँडै फ्लोरमा जाने बताइएको छ। निर्देशक त्रिविक्रम निवास र अभिनेता महेश बाबुबीच अथडु रुखलीजुु पछिको यो तेस्रो सहकार्य हो। उनीहरुले ११ वर्षपछि फेरि एक पटक सँगै काम गर्न लागेका हुन्।

खबर अनुसार फिल्मको नाम ‘पार्थु’ राखिएको छ जसबारे आधिकारिक रुपमा पुष्टि हुन बाँकी छ। महेश बाबु तेलुगू सुपरस्टार हुन । जो सबैभन्दा धेरै कमाइ गनेए अभिनेतामा पर्छन् । हो। एस राधाकृष्णद्वारा हारिका र हस्सिन क्रिएसन्सको ब्यानरमा बन्ने यो फिल्ममा महेश बाबुसँग अभिनेत्री पूजा हेगडे मुख्य भूमिकामा देखिने छिन्।हाल महेश महेश बाबु सरकारु वारी पाटा फिल्मको काममा व्यस्त छन्। जसमा अभिनेत्री कीर्ति सुरेश र भेन्नेले किशोर, सुब्बराज आदि प्रमुख भूमिकामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर