बेलायतमा पहिलो व्यवसायिक लिम्बु गीतको भिडियो 'तारेबा थिक निसुङरो' भव्य कार्यक्रमकाबिच रिलिज — OSNepal

बेलायतमा पहिलो व्यवसायिक लिम्बु गीतको भिडियो ‘तारेबा थिक निसुङरो’ भव्य कार्यक्रमकाबिच रिलिज

LC (KTM) December 14, 2022 0

बेलायतमा पहिलो पटक व्यवसायिक लिम्बु गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । लामो समयदेखि बेलायतलाई कर्म थलो बनाएकी गीतकार कल्पना आङबुहाङको शब्दमा तयार भएको पहिलो पटक बेलायतमा छायांकन गरिएकोे लिम्बु गीत “तारेबा थिक निसुङरो” लिम्बु समुदायको महान पर्व चासोक ताङ्नाम एक भव्य कार्यक्रम बीच सर्वजनिक गरिएको छ । आङबुहाङले एक सय बढी गीत रचना एवं हालसम्म २५ बढी भिडियो निर्माण गर्नुभएको छ ।

बेलायतको रमणीय स्थानसंगै सिसेक्पा ताङ्नाम मेलामा समेत छायांकन गरिएको “तारेबा थिक निसुङरो” मा कला चेम्जोङ र बिकास तुम्वापोेले स्वर भरेका छन् भने संगीत र म्युजिक एरेन्ज टेकेन्द« याक्सोको रहेको छ ।

भिडियोमा प्रवासमा रहेर पनि कला क्षेत्रमा सक्रिय कलाकार कमला सेन्दाङ लिम्बु र सबिन तुम्बाहोङ्फे लिम्बुको अभिनय रहेको छ । बेलायतको अटम मौसममा छायांकन गरिएको भिडियोमा कमला र सबिनको रोमान्चक दृश्य देख्न सकिन्छ । त्यस्तै रेकर्डिङ सागर सुब्बा र बिसी रार्ईको रहेको छ भने भिडियो छायांकन, सम्पादन, निर्देशन कुशल श्रेष्ठले र भिडियो निर्माण पुरण कुमार याक्सोले गरेका हुन् ।

उक्त भिडियो प्रिमियरको आयोजना याक्थुङ माङगेन्ना चुम्लुङ, युकेले आयोजना गरेको हो । आयोजकले भिडियोसंग सम्बन्धित व्यक्तिहरुलाई सम्मान गरेका थिए । कार्यक्रम संचालन रोमियन लिम्बुले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर