चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायो — OSNepal

चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायो

LC (KTM) July 02, 2021 0

दमौली, १८ असार- जिल्लाको भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु फार्ममा रहेका कुखुरा बाढीले बगाएको हो । आठ हजार ब्रोइलर कुखुराको चल्ला, चार हजार लोकल कुखुरा र २१ हजार माछा बगाएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर वृद्ध बेपत्ता- तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् । खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । ती वृद्धको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर