सवारी चालक किर्ते गरेको अभियोगमा लगनखेलबाट बस चालक पक्राउ — OSNepal

सवारी चालक किर्ते गरेको अभियोगमा लगनखेलबाट बस चालक पक्राउ

LC (KTM) July 02, 2021 0

ललितपुर १८ असार । सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका ६ बस्ने देवकाजी तामाङ रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लगनखेल बसपार्क अगाडि सडकबाट पक्राउ गरेको हो ।

सवारी चालक अनुमतिपत्र शंकास्पद लागेपछि जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा।२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीको सावरी चालक जाँच गर्दा निजलाई पक्राउ गरिएको हो ।

निज उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर