• २०७८ कार्तिक ६ शनिबार

धेरै पढिएको

सिभिल बैंकको सिइओ पोखरेलले सम्हाल्नुभयो कार्यभार

सिभिल बैंकको सिइओ पोखरेलले सम्हाल्नुभयो कार्यभार


  • ओएसनेपाल
  • असार १८ २०७८, शुक्रबार
  • ११:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 6.3K
    SHARES

    काठमाडौँ, १८ असार- सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हाल्नुभएको छ । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।

    गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गर्नुभएका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उहाँलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रुरूपमा लिने गरेका छन् । उहाँसग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend