हल्दिवारीमा सामाजिक सुरक्षा भत्ता बापत १३ करोड खर्च — OSNepal

हल्दिवारीमा सामाजिक सुरक्षा भत्ता बापत १३ करोड खर्च

LC (KTM) July 02, 2021 0

हल्दिवारी – झापाको हल्दिवारी गाउँपालिकामा प्रत्येक महिना ४ हजार २ सय १६ जनाको सामाजिक सुरक्षा भत्ता बापत चालू आर्थिक बर्ष २०७७/०७८ मा१३ करोड २ लाख ५६ हजार ८ सय ३३ रुपैया खर्च भएको छ ।प्रत्येक चौमासिक निकासा मार्फत सामाजिक सुरक्षा भत्ता उनिहरुकै खातामा हालिदिने गरेको गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले बताउनु भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिनेको संख्या भने चौमासिक निकासा मार्फत घटबढ हुने गरेको छ । गाउँ पालिकाले सामाजिक सुरक्षा भत्तालाई पारदर्शी गर्न सिटिजन बैंक र एक्सेल बैकमा खाता खोली संबंधित व्यक्तिको खातामा रकम हाल्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ ।

सूचना अधिकारी न्यौपानेका अनुसार वडा नम्बर १ को सामाजिक सुरक्षा भत्ता एक्सेल बैकले वितरण गर्छ भने वडा नम्बर २,३,४ र ५ को सामाजिक सुरक्षा भत्ता भने सिटिजन बैक मार्फत वितरण हुने व्यवस्था मिलाएको छ ।

सुचना अधिकारी न्यौपानेका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा भने यो रकममा वृद्धि हुनेछ । नेपाल सरकारले जेष्ठ नागरिकलाई मासिक १ हजार ले वृद्धि गर्दै ४ हजार पुराएको छ भने अन्यको भने हालको भत्तामा ३३ प्रतिशात वृद्धि गर्ने निर्णय बजेट मार्फत गरि सकेको छ । हल्दिवारी गाउँपालिकामा रहेका ५ वटा वडा कार्यालयबाट प्रमाणीकरण गरि आएका व्यक्ति हरुको सामाजिक सुरक्षा भत्ताको व्यवस्था कोलोनिका मार्फत गाउँपालिकाले उनिहरुको बैक खातामा हालिदिने गरेको छ ।

यस्तो छ भत्ता पाउनेको विवरण हेर्नुस्

वडा न १ मा ज्येष्ठ नागरिक (७० बर्ष माथि)को संख्या ५४९ , ज्येष्ठ नागरिक दलित ३३ जना ,ज्येष्ठ नागरिक एकल महिला ११४ जना ,विधवा १११ जना , पुर्ण अपाङ्गता १६ जना ,अति अशक्त अपाङ्गता ३६ जना , दलित बालबालिका ४१ जना ,लोपोन्मुख जाति ३ जना रहेका छ्न ।

त्यस्तै वडा नम्बर २ मा ज्येष्ठ नागरिक (७० बर्ष माथि)को संख्या ४३९ , ज्येष्ठ नागरिक दलित २० जना , ज्येष्ठ नागरिक एकल महिला १०८ जना , विधवा १३१ जना , पुर्ण अपाङ्गता २५ जना , अति अशक्त अपाङ्गता २४ जना , दलित बालबालिका २६ जना , लोपोन्मुख जाति ४ जना रहेका छ्न ।
त्यस्तै वडा न ३ मा ज्येष्ठ नागरिक (७० बर्ष माथि)को संख्या २९६ , ज्येष्ठ नागरिक दलित ७ जना , ज्येष्ठ नागरिक एकल महिला ४७ जना ,विधवा ५९ जना , पुर्ण अपाङ्गता ८ जना , अति अशक्त अपाङ्गता १९ जना , दलित बालबालिका ११ जना , लोपोन्मुख जाति ५७१ जना रहेका छ्न ।

त्यसैगरी वडा न ४ मा ज्येष्ठ नागरिक (७० बर्ष माथि)को संख्या ३११ , ज्येष्ठ नागरिक दलित १० जना , ज्येष्ठ नागरिक एकल महिला ५९ जना, विधवा ५८ जना , पुर्ण अपाङ्गता ९ जना , अति अशक्त अपाङ्गता २२ जना , दलित बालबालिका ११ जना , लोपोन्मुख जाति ६१७ जना रहेका छ्न ।

त्यस्तै वडा न ५ मा ज्येष्ठ नागरिक (७० बर्ष माथि)को संख्या १९१ , ज्येष्ठ नागरिक दलित ३ जना , ज्येष्ठ नागरिक एकल महिला ३८ जना , विधवा ४४ जना , पुर्ण अपाङ्गता ११ जना , अति अशक्त अपाङ्गता २८ जना , दलित बालबालिका ६ जना , लोपोन्मुख जाति १२४ जना रहेको गाउँपालिकाले जनाएको छ ।

हेर्नुस् पूरा विवरण कति कति सामाजिक सुरक्षा भत्ता कुनकुन शिर्षकमा हल्दिवारी गाउँपालिकाले वितरण गर्यो ? तालिका सहित –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर